बाढीपीडितका लागि भारतको थप सहयोग, दोस्रो उडानबाट ३७.५ टन राहत

 संवाददाता    २०८३, ११ भाद्र बिहीबार १५:०२     29 जनाले पढ़िसके



Spread the love

भारतले दोस्रो उडानमार्फत साढे ३७ टन मानवीय सहायता तथा विपद् राहत सामग्री नेपाल पठाएको छ।

भारतीय विदेशीमन्त्री एस जयशंकरका अनुसार भारतले ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्रीसहित औषधि तथा खाद्यान्न प्याकेट नेपाल पठाइएको जानकारी दिएका छन्।

उनले नेपाललाई आवश्यक पर्ने थप सहयोग निरन्तर जारी राख्ने र नेपाली अधिकारीसँग त्यसका लागि समन्वय भइरहेको बताएका छन्।
यसअघि भारतले बुधबार नै १० टनको राहत सामग्री नेपाल पठाएको थियो।