भोटेकोसी बाढीमा घाइते भएका २७ जनाको काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
भोटेकोसी बाढीमा घाइते भएका ६३ जनालाई अस्पताल भर्ना गरिएको थियो। उनीहरूमध्ये हाल पाँच जना बालिकासहित २७ जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ।
अस्पतालले प्रकाशन गरेको विवरणअनुसार, उपचारमा ल्याइएका ६३ जना घाइतेमध्ये ३३ जना डिस्चार्ज भएका छन्।
हाल उपचार भइरहेका घाइतेमध्ये तीन जना आईसीयू र एक जना आईसीयू भेन्टिलेटरमा रहेका छन्।
No description available.
No description available.