बलात्कारी र भ्रष्टाचारीलाई ‘अन द स्पट’ ठोक्नुपर्छ : खगेन्द्र सुनार

 संवाददाता    २०८३, ८ भाद्र सोमबार १५:४४     11 जनाले पढ़िसके



Spread the love

रास्वपाका सांसद खगेन्द्र सुनारले बलात्कारी र भ्रष्टाचारीलाई ‘अन द स्पट’ ठोक्ने कानुनको व्यवस्था तत्काल लागू गर्न आह्वान गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमाणित दोषीलाई उन्मुक्ति दिन नहुने बताए ।

विगतदेखि बलात्कार र हत्या भएकाहरूको नाम लिँदै उनले भने, ‘बलात्कार र हत्याको फेहरिस्त धेरै नाम सुनाउन सकिन्छ । घण्टौँ घण्टासम्म सुनाउन सकिन्छ र लामो छलफल गर्न सकिन्छ । तर हामीले गरिमाको गरिमा जोगाउन सक्छौँ कि सक्दैनौँ ? निर्मला पन्तको जन्ती जाने हो कि मलामी जाने हो ? त्यो छलफल गर्नुपर्ने बेलामा हामी पुगिसकेका छौँ ।’

उनले चेलीहरूको बाँच्न पाउने र नाच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने बताए ।