नेपालसहित ७५ देशका आप्रवासी भिसा रोक्ने ट्रम्पको नीति अदालतद्वारा खारेज

 संवाददाता    २०८३, ७ भाद्र आईतवार ११:२४     0 View



Spread the love

अमेरिकामा नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसामा रोक लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको निर्णय त्यहाँको संघीय अदालतले गैरकानुनी ठहर गर्दै खारेज गरेको छ।

न्युयोर्कको म्यानहट्टनस्थित संघीय जिल्ला अदालतकी न्यायाधीश जेनेट भार्गासले शुक्रबार उक्त नीति कानुनविपरीत रहेको ठहर गर्दै अमेरिकाका विदेशमन्त्री मार्को रुबियोलाई यस्तो निर्णय गर्ने कानुनी अधिकार नभएको बताएकी हुन्।

यो फैसला ट्रम्प प्रशासनको आप्रवासन नियन्त्रण अभियानका निम्ति अर्को ठुलो झट्का बनेको छ।

सीएनएनका अनुसार अदालतको फैसलापछि आप्रवासी रोक्नकै लागि अस्वीकार गरिएका भिसा पुनर्विचार हुनसक्ने छन्। तर अरू कानुनी आधारमा अस्वीकार गरिएका भिसा भने पुन: जारी हुने छैनन्।

ट्रम्प प्रशासनले गत जनवरीमा नेपालसहित ७५ देशका नागरिकलाई लक्ष्य गरी आप्रवासी भिसा जारी गर्ने प्रक्रिया स्थगन गरेको थियो। यो निर्णय गर्दा अमेरिकाको विदेश मन्त्रालयले ती देशबाट आउने मानिस अमरिकी सरकारी कल्याणकारी कार्यक्रम तथा सार्वजनिक सुविधामा निर्भर हुन सक्ने भएकाले तिनलाई रोक्नुपर्ने तर्क गरेको थियो।

तर न्यायाधीश भार्गासले कुनै व्यक्तिको राष्ट्रियता वा देशका आधारमा मात्र यस्तो निर्णय गर्न नमिल्ने ठहर गरेकी हुन्।

भिसा रोक्ने नीति सन् १९६५ को त्यस्तो कानुनसँग समेत बाझिएको ठहर न्यायाधीश भार्गासले गरेकी छन्।

यद्यपि यस आदेशविरुद्ध ट्रम्प प्रशासनले पुनरावेदन गर्न पाउने छ।

यी हुन् ट्रम्प प्रसाशनले आप्रवासी भिसा रोक लगाएका ७५ देश

१. अफगानिस्तान

२. अल्बानिया

३. अल्जेरिया

४. एन्टिगुवा एन्ड बारबुडा

५. आर्मेनिया

६. अजरबैजान

७. बहामास

८. बंगलादेश

९. बार्बाडोस

१०. बेलारुस

११. बेलिज

१२. भुटान

१३. बोस्निया एन्ड हर्जेगोभिना

१४. ब्राजिल

१५. कम्बोडिया

१६. क्यामरुन

१७. केप भर्डे

१८. कोलम्बिया

१९. कोट दिभ्वार

२०. क्युबा

२१. प्रजातान्त्रिक गणतन्त्र कंगो

२२. डोमिनिका

२३. इजिप्ट

२४. इरिट्रिया

२५. इथियोपिया

२६. फिजी

२७. गाम्बिया

२८. जर्जिया

२९. घाना

३०. ग्रेनाडा

३१. ग्वाटेमाला

३२. गिनी

३३. हाइटी

३४. इरान

३५. इराक

३६. जमैका

३७. जोर्डन

३८. कजाकिस्तान

३९. कोसोभो

४०. कुवेत

४१. किर्गिस्तान

४२. लाओस

४३. लेबनान

४४. लाइबेरिया

४५. लिबिया

४६. मोल्डोभा

४७. मंगोलिया

४८. मोन्टेनेग्रो

४९. मोरक्को

५०. म्यानमार

५१. नेपाल

५२. निकारागुआ

५३. नाइजेरिया

५४. उत्तर म्यासेडोनिया

५५. पाकिस्तान

५६. कंगो गणतन्त्र

५७. रुस

५८. रुवान्डा

५९. सेन्ट किट्स एन्ड नेभिस

६०. सेन्ट लुसिया

६१. सेन्ट भिन्सेन्ट एन्ड द ग्रेनाडिन्स

६२. सेनेगल

६३. सिएरा लियोन

६४. सोमालिया

६५. दक्षिण सुडान

६६. सुडान

६७. सिरिया

६८. तान्जानिया

६९. थाइल्यान्ड

७०. टोगो

७१. ट्युनिसिया

७२. युगान्डा

७३. उरुग्वे

७४. उज्बेकिस्तान

७५. यमन