कपिलवस्तुको विजयनगर गाउँपालिकामा नेकपा एमालेबाट जितेका उपाध्यक्ष र वडाध्यक्ष रास्वपामा भित्रिएका छन् । उनीहरू दुवैजना एमालेबाट लगातार २ पटक निर्वाचित भएका हुन् ।
उपाध्यक्ष लक्ष्मीकुमारी चौधरी र वडा नम्बर-५ का अध्यक्ष अनवर मोहम्मद मुसलमान रास्वपा प्रवेश गरेका हुन् । चौधरी एमाले जिल्ला कमिटी सदस्य तथा अखिल नेपाल महिला संघ कपिलवस्तुकी जिल्ला उपाध्यक्षसमेत थिइन् । भने मुसलमान नेपाल मुस्लिम इत्तेहाद संगठन लुम्बिनीका उपाध्यक्ष थिए ।
उनीहरुले भदौ ५ गते रास्वपाको सदस्यता लिएका छन् ।