मुस्ताङ भ्रमण सकेर प्रधानमन्त्री शाह काठमाडौँ फर्किँदै

 संवाददाता    २०८३, ७ भाद्र आईतवार १०:५१     32 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री वालेन्द्र शाह केहीबेरअघि यहाँबाट काठमाडौँका लागि प्रस्थान गरेका छन् । प्रधानमन्त्री शाह परिवारका सदस्यसहित शनिबार यहाँ आएका हुन् ।

शनिबारअपराह्न उनले मुक्तिनाथको पूजार्चना गरेका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री शाह जोमसोम–बेनीमार्गबाट सङ्घीय राजधानीतर्फ प्रस्थान गरेका हुन् ।