राष्ट्रियसभामा सरकारमाथि दबाब, प्रधानमन्त्री–गृहमन्त्रीको राजीनामा माग

 संवाददाता    २०८३, १५ श्रावण शुक्रबार १६:३०     0 View



Spread the love

नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले सुनसरी घटनामा सरकारबाट कमजोरी भएको भन्दै प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा मागेका छन्।

राष्ट्रियसभाको बैठकमा बोल्दै विगतको नजिरलाई हेरेर प्रधानमन्त्री र गृहमन्त्रीलाई नै गिरफ्तार गर्नुपर्ने बताए।

उनले भने, ‘अब गिरफ्तार गर्ने पालो प्रधानमन्त्री र गृहमन्त्रीजीको। राज्यले नै गोली चलाएको बाटो कुनै व्यक्ति, नागरिकको मृत्यु भयो भने त्यसको जिम्मेवार राज्य हुनुपर्छ। त्यसको जिम्मेवार गृहमन्त्री हुनुपर्छ, त्यसको जिम्मेवार प्रधानमन्त्री हुनुपर्छ।’

तराई मधेशमा हिंसा भड्किएको घटनामा सरकार अझै गम्भीर हुन नसकेको आरोप लगाए।

उनले अगाडि भने, ‘हिजो भाइबहिनीहरूको मृत्यु भइसकेपछि गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गर्नुभयो, पूर्वप्रधानमन्त्री केपी ओलीलाई गिरफ्तार गर्नुभयो, अब गिरफ्तार हुने पालो कसको ? यो मुलुकमा शासन कसको छ? ‘