गृहमन्त्री सुधन गुरुङ मधेशतर्फ लागेका छन् । हिजो सुनसरी आएका गुरुङले देवानगञ्ज गोलीकाण्डमा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको परिवारसँग राति ७ बुँदे सहमति गरेका थिए ।
बिहान साढे ६ बजे प्रदेश प्रहरी कार्यालय कोशीमा गएर सुतेका गृहमन्त्री गुरुङ ३ बजेतिर सिरहातर्फ लागेका छन् ।
रातभरी भएको छलफलपछि मृतकका परिवारले आज शव बुझ्ने सहमति जनाएका थिए । तर, सिरहा घटनाका मृतकको परिवारसँग पनि गृहमन्त्रीले सहमति गर्नुपर्ने अडान राखेपछि उनी त्यतातर्फ लागेको प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालय कोशीका प्रहरी उपरीक्षक सुमन तिम्सनाले गृहमन्त्री सप्तरीतर्फ लागेको बताए । सिरहा घटनाका विषयमा छलफल गर्न उनी त्यता लागेको प्रहरी स्रोतको भनाइ छ ।