औरही गाउँपालिकाद्वारा मृतक गणेशका परिवारलाई १० लाख सहयोग

 संवाददाता    २०८३, १५ श्रावण शुक्रबार १६:२७     10 जनाले पढ़िसके



Spread the love

सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर ज्यान गुमाएका १५ वर्षीय गणेश यादवको परिवारलाई औरही गाउँपालिकाले राहतस्वरूप १० लाख रूपैयाँ उपलब्ध गराउने भएको छ ।

गाउँपालिकाले शुक्रबार सूचना जारी गर्दै मृतक गणेश यादवका परिवारलाई राहत रकम प्रदान गर्ने बताएको हो ।

औरही गाउँपालिका-२, तुलसीपुर-मोतिपुर निवासी गणेशको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएको थियो ।