डा. बाबुराम भट्टराईको स्वास्थ्यमा समस्या, उपचारका लागि अस्पताल भर्ना

 संवाददाता    २०८३, १३ श्रावण बुधबार ११:३१     25 जनाले पढ़िसके



Spread the love

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई स्वास्थ्यमा अचानक समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।

शनिबार साँझ अचानक तीव्र चक्कर लाग्ने र वान्ता हुने भएपछि उनलाई काठमाडौँको टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो ।

डा. भट्टराईको सचिवालयले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको छ । उपचारमा संलग्न चिकित्सकहरूका अनुसार उनको भित्री कानमा हुने एक सामान्य तर असहज समस्या ‘बेनाइन प्यारोक्सिज्मल पोजिसनल भर्टिगो’ को लक्षण देखिएको छ ।

हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र उनी चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा उपचाररत रहेका छन् । सचिवालयका अनुसार स्वास्थ्य परीक्षणका अन्य सबै रिपोर्टहरू सामान्य रहेका छन् ।

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यप्रति चासो व्यक्त गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गर्ने सम्पूर्ण शुभेच्छुक, आफन्त तथा मित्रहरूलाई उनको सचिवालयले हार्दिक धन्यवाद समेत व्यक्त गरेको छ ।