सुनचाँदीको मूल्यमा भारी गिरावट

 संवाददाता    २०८३, १३ श्रावण बुधबार ११:३५     51 जनाले पढ़िसके



Spread the love

आज सुनचाँकीकै भाउ व्यापक मात्रामा घटेको छ।

सुनको भाउ आज तोलामा ५ हजार ३ सय रुपैयाँ घटेर २ लाख ८३ हजार २ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सुनको भाउ तोलाको २ लाख ८८ हजार ५ रुपैयाँ थियो।

सुनको मूल्य गएको सोमबार १४ सय र आइतबार १६ सय बढेको थियो। मंगलबार स्थिर रहेको सुनको मूल्य आज घटेको हो।

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको भाउ आज तोलामा १ सय २५ रुपैयाँ घटेर ४ हजार ३ सय २० रुपैयाँमा झरेको छ।

हिजो चाँदीको भाउ तोलाको ४ हजार ४ सय ४५ रुपैयाँ थियो।