रास्वपाका सभापति रवि लामिछाने नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपा पुगेका छन् ।
दिवंगत कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली दिन लामिछाने सानेपा पुगेका हुन् ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका श्रेष्ठको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि सानेपामा राखिएको छ। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।