फ्रान्समा केही दिनयता फैलिएको डढेलो अझै नियन्त्रण गर्न सकिएको छैन।
डढेलोका कारण अहिलेसम्म २ लाख २० हजार मानिस विस्थापित भइसकेका छन्। अर्थात् उनीहरूलाई बसेको स्थानबाट अन्य सुरक्षित स्थानमा सारिएको छ।
बीबीसीका अनुार फ्रान्सको जंगलमा लागेको आगो अहिले दक्षिणपश्चिमी सहर बोर्डोबाट १५ किलोमिटर मात्र टाढा छ।
बोर्डोका मेयरले कुनै पनि परिस्थितिका लागि तयार रहेको बताएका छन्।
मेयर थोमस काजेनुभले भने, ‘यदि ठाउँ खाली गर्न आदेश दिइयो भने हामी ठुलो संख्यामा मानिसहरूलाई सार्ने तयारी गरिरहेका छौँ।’
गिरोन्डे क्षेत्रको आगलागी पीडित क्षेत्रहरूको भ्रमण गरेका फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले देशले ‘अभूतपूर्व डढेलो’को सामना गरिरहेको बताएका छन्।
उनले डढेलोलाई दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा भीषण आगलागी भनेका छन्।
यसैबिच स्पेनमा म्याड्रिडको पश्चिममा अनियन्त्रित आगोका कारण १ लाखभन्दा बढी मानिस आफ्नो घर छाड्न बाध्य भएका छन्।
मंगलबार अर्को गम्भीर गर्मीको लहर आउने अनुमान गरिएको छ, जसले अग्नि नियन्त्रण कार्यलाई अझ जटिल बनाउन सक्छ।
यसअघि फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले भनेका थिए, ‘यो आगो नियन्त्रण गर्न अत्यन्तै गाह्रो भएको छ।’