करिब दुई अर्बको हुण्डी कारोबारमा संलग्न आरोपित पक्राउ

 संवाददाता    २०८३, १३ श्रावण बुधबार १२:२८     1  जनाले पढ़िसके



Spread the love

झण्डै दुई अर्ब रुपैयाँ बराबरको हुण्डी कारोबारको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले एक जनालाई पक्राउ गरेको छ।

ब्युरोका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराका अनुसार पक्राउ पर्नेमा धादिङको सत्यदेवी गाउँपालिका–८ घर भई काठमाडौँको नागार्जुन नगरपालिका–८ मा बस्दै आएका ४९ वर्षीय राजेन्द्रप्रसाद रिजाल रहेका छन्।

सीआईबीले शंकास्पद व्यक्तिहरूको बैंकिङ कारोबार विश्लेषण गर्ने क्रममा रिजालले अन्य व्यक्तिहरूसँगको मिलेमतोमा एक अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४५४ रुपैयाँ बराबरको हुण्डीको माध्यमबाट कारोबार गरेको पाइएको छ।

उनलाई पक्राउ गर्न सीआईबीले मंगलबार जिल्ला अदालत, काठमाडौँबाट अनुमति लिएको थियो। उनलाई मंगलबार बेलुका नागार्जुन नगरपालिका–८ को राधाकृष्ण मन्दिर क्षेत्रबाट पक्राउ गरिएको एसएसपी जबराले जानकारी दिए।