राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज सर्वदलीय बैठकमा सुनसरी घटनाका सन्दर्भमा सरकारले आफ्नो काम गरिरहेको बताएका छन् ।
आज आफूले बोलाएको सर्वदलीय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले राजनीतिक दलहरुको धारणा लिएर सरकारको ध्यानाकर्षण गराइने बताए ।
लामिछानेलाई सञ्चारकर्मीले वैठकमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिका विषयमा जिज्ञासा राखेका थिए ।
जवाफमा लामिछानेले आजको बैठक राजनीतिक दलका शीर्ष नेताहरुबीचको भएको र सरकारका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधित्व गरेको बताए ।