प्रधानमन्त्रीलाई संसद्को रोष्ट्रममा बोलाउन एमालेको सभामुखसँग माग

 संवाददाता    २०८३, २४ असार बुधबार १३:१९     9 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई सदनमा बोलाउन रुलिङ गर्न माग गरेको छ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद राजेन्द्र राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई रुलिङ गरेर बोलाउन सभामुखसँग माग गरे।

उनले भने, ‘उहाँलाई डाक्नुपर्‍यो। यो सदन जनताले पठाएका प्रतिनिधिहरू हो। जनताबाट चुनेर आएका प्रतिनिधिहरूले उठाएको प्रश्नको जवाफ प्रधानमन्त्री अनिवार्य आएर जवाफ दिनुपर्छ। उहाँलाई डाक्नुपर्छ।’

प्रधानमन्त्री शाहलाई रोस्ट्रममा उभ्याएर हिजोको गल्ती सच्चाउन माग गरे।