फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा अमेरिकाविरुद्ध बेल्जियमले सानदार जित हात पारेको छ।
अमेरिकाविरुद्ध ४-१ को फराकिलो जित निकालेको बेल्जियम क्वार्टरफाइनमा प्रवेश गरेको छ। यो हारसँगै सहआयोजकसमेत रहेको अमेरिका पनि जारी विश्वकपबाट बाहिरिएको छ।
अमेरिकालाई पराजित गर्न बेल्जियका चाल्स डे केटलेरले दुई, हान्स भानकेन र रोमेलु लुकाकुले एक-एक गोल गरे।
हाज जारी राउन्ड अफ १६ को खेलमा अमेरिकाविरुद्ध पहिलो गोल बेल्जियमले खेलको नवौँ मिनेटमै गरेको थियो।
डे केटेलेरले अमेरिकाविरुद्ध पहिलो गोल गरेर सुरुवाती अग्रता दिलाएका थिए। उनै केललेरले ५७ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे। बेल्जियमका एन रास्किनले ३३ औँ मिनेटमा टिमका लागि दोस्रो गोल गरे।
दोस्रो हाफको इन्जुरी समयमा लुकाकुले गोल गर्दै बेल्जियमलाई ४–१ को जित दिलाएका हुन्।
अमेरिकाको तर्फबाट तिल्मानले खेलको ३१ औँ मिनेटमा गरेको गोल सान्त्वनाको रूपमा रह्यो।
यो हारसँगै २४ वर्षपछि क्वार्टरफाइनल पुग्ने अमेरिकाको सपना अधुरै रहेको छ।
बेल्जियमले अब सेमिफाइनल प्रवेशका लागि स्पेनसँग खेल्नेछ।