आज सुनचाँदीकै भाउ थप घटेको छ। हिजो तोलामा १ हजार चारसय रुपैयाँ घटेको सुनको भाउ आज पनि घटेको हो।
तोलामा ९ सय रुपैयाँ घटेर सुनको भाउ आज २ लाख ८७ हजार १ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गएको चार दिनदेखि सुनचाँदीकै भाउ लगातार घट्दै आएको छ।
सुनको मूल्य हिजो तोलामा १ हजार ४ सय रुपैयाँ घटेर २ लाख ८८ हजार रुपैयाँमा झरेको थियो।
त्यसअघि सोमबार तोलामा ९ सय रुपैयाँ घटेको सुनको भाउ आइतबार पनि ४ सय रुपैयाँ घटेको थियो। आइतबार सुनको भाउ तोलाको २ लाख ९० हजार ३ सय रुपैयाँ थियो।
गएको बिहीबार र शुक्रबार भने सुनको भाउ तोलामा १२ हजार ४ सय बढेको थियो।
त्यसैगरी चाँदीको भाउ पनि आज तोलामा ५५ रुपैयाँ घटेर ४ हजार ५ सयमा झरेको छ।