प्रधानमन्त्री शाहको पहिलो ‘वान-अन-वान’ कूटनीतिक भेट

 संवाददाता    २०८३, २३ असार मंगलवार १२:१८     18 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री वालेन्द्र शाह र एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्दाबीच भेटवार्ता भएको छ।

मंगलबार सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाह र एडीबी अध्यक्ष कान्दा भेटवार्ता भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री शाहले पहिलो पटक विदेशी कूटनीतिज्ञलाई एक्लै भेटेका हुन्। यसअघि सामूहिक भेटघाट गर्दै आएका थिए।

नेपालमा भ्रमणमा रहेका अध्यक्ष कान्दाले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका थिए।