विदेशी प्रतिनिधिसँग प्रधानमन्त्री बालेन्द्रको पहिलो एकल भेटवार्ता, मेरियटमा रात्रीभोज

 संवाददाता    २०८३, २१ असार आईतवार १३:१४     5 जनाले पढ़िसके



Spread the love

प्रधामन्त्री बालेन्द्र शाहले पहिलो पटक विदेशी प्रतिनिधिसँग वान–अन–वान बैठक गर्दैछन्।

प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीले दिएको जानकारी अनुसार, प्रधानमन्त्री बालेन्द्र शाह र एसियाली विकास बैंकका अध्यक्ष मसातो कान्डासँग भेट गर्न लागेका हुन्।

उनीहरुबीच मंगलबार विहान १०ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कायर्कालयमा भेटको कार्यक्रम तय भएको छ।
कान्डा नेपाल भ्रमणको लागि भोली सोमबार दिउँसो नेपाल आउँदै छन्।

यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले कुनै पनि विदेशी प्रतिनिधिसँग एक्ला एक्लै भेट वार्ता गरेका छैनन्।

शाह प्रधानमन्त्री भएपछि नेपालमा पहिलो उच्चस्तरीय भ्रमण अमेरिकी सहायक विदेशमन्त्री एस. पाउल कपुरले गरेका थिए। उनी बैशाख ७ मा नेपाल आएका थिए। त्यसबेला प्रधानमन्त्री बालेन्द्र शाहले कपुरले भेट्ने समय दिएनन्।

त्यसपछि, दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोर वैशाख १७ मा नेपाल आएका थिए। उनले प्रधानमन्त्री शाहसँग भेट्न पाएनन्।

त्यति मात्रै होइन, भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण प्रधानमन्त्री शाहलाई भेटन् नपाउने भएपछि अन्तिम समयमा आएर रद्द भएको थियो। उनी वैशाख २८ र २९ गते दुई दिनका लागि नेपाल आउन लागेका थिए।

नेपालमा बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बनेसँगै दिल्लीले विदेश सचिव मिश्रीलाई काठमाडौँ पठाउने निर्णय गरेको थियो। नयाँ सरकारका प्राथमिकता र द्विपक्षीय सम्बन्धलाई नयाँ आयाम गरी उनको भ्रमण हुन लागेको भनिएको थियो। तर, प्रधानमन्त्री शाहले मिस्त्रीसँग भेटको लागि समय नदिएपछि उनले भ्रमण रद्द गरेका थिए।

अहिले भने अर्थमन्त्री शाह एबीडीका अध्यक्षसँग भेट्न राजी भएका छन्। सोमबार दिउँसो नेपाल आएलगत्तै अध्यक्ष कान्डले परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम तय भएको छ।

अर्थमन्त्री वाग्लेसँग दिउँसो ३ बजे हुने भेटपनि नेपाल र एडीबीबीच हुने सहायता सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।
सोमबार साँझ भने अर्थमन्त्री वाग्लेले कान्डको सम्मानमा विशेष रात्री भोज आयोजना गरेका छन्। उक्त रात्री भेट मेरियट होटलमा हुने तय भएको अर्थमन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए।

मंगलबार विहान भने प्रधानमन्त्री शाहसँग कान्डको वान–अन–वान बैठकको कार्यसूची तय भएको छ। त्यसपछि उनी कान्ड नेपालबाट फर्कनेछन्।