राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।
मंगलबार बन्दसत्र सुरु हुनेअघि मगरले उम्मेदवारी घोषणा गरेकी हुन्। ‘उपसभापतिमा गएर कुना कुनालाई जोड्ने भनेर आएको हो,’ उनले भनिन्।
उनले महिला उपसभापतिमा उम्मेदवारी दिने बताएकी हुन्। रास्वपामा तीन वटा उपसभापति रहने व्यवस्था छ। त्यसमा एक जना महिला अनिवार्य गरिएको छ।
उम्मेदवारी घोषणासँगै उनले प्रतिनिधिसँग मत माग्न थालेकी छन्। अहिले उनले केन्द्रीय सदस्यमा मत मागिरहेकी छन्।
रास्वपामा पहिले केन्द्रीय सदस्यको निर्वाचन हुनेछ। केन्द्रीय सदस्यबाटै पदाधिकारी चयन गर्ने व्यवस्था रहेको छ।