विष्णु पौडेललाई अदालत लगियो

 संवाददाता    २०८३, ९ असार मंगलवार १५:१४     9 जनाले पढ़िसके



Spread the love

नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई विशेष अदालतमा उपस्थित गराइएको छ।

म्याद थप्ने प्रक्रियाका लागि अदालतमा उपस्थित गराइएको हो।

सोमबार सुर्खेतमा पक्राउ परेका पौडेललाई मंगलबार दिउँसो काठमाडौँ ल्याइएको थियो। उनलाई रातिनै गाडीमा ल्याएको हो।

त्यसपछि पौडेललाई सम्पत्ति शुद्धीकरण विभागमा पुर्‍याइएको थियो।

पौडेललाई सम्पत्ति शुद्धीकरणको कसुरमा विभागले पक्राउ गरेको हो। सोमबार सुर्खेतमा पक्राउ गर्नुअघि भैँसेपाटीस्थित उनको निवासमा छापा पनि मारिएको थियो।