ट्र्याक्टर–मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

 संवाददाता    २०८३, ५ असार शुक्रबार १३:४४     19 जनाले पढ़िसके



Spread the love

झापाको कनकाई नगरपालिकामा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

शुक्रबार दिउँसो झापाको ​कनकाई नगरपालिका–५, तुलसीबारीस्थित भित्री सडक खण्डमा सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे ४ प ५८५ नम्बरको मोटरसाइकल र खेत जोतेर सडकतर्फ निस्कँदै गरेको मे १ त ७४०४ नम्बरको ट्याक्टर एक–आपसमा ठोक्किएका हुन्।

​दुर्घटनामा परी मोटरसाइकल चालक झापा गाउँपालिका–३ का समिर अली र मोटरसाइकलको पछाडि सवार उनकी पाँच वर्षीया छोरी हाजिरा खातुनको मृत्यु भएको छ।

दुर्घटनालगत्तै तीनै जना घाइतेलाई उपचारका लागि सुरुङ्गास्थित कन्काई अस्पताल पु¥याइएको थियो। चिकित्सकले समिर र हाजिरालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

​दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार समिरकी आमा नुरेश सादेवी गम्भीर घाइते भएकी छन्। उनको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल पठाइएको छ।

​प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल, ट्याक्टर र ट्याक्टर चालक कनकाई नगरपालिका–५ का ४६ वर्षीय चक्रबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ।