‘कायापलट गर्ने भनिएका कार्यक्रम अझै कायम छन्’ : अर्थमन्त्री

 संवाददाता    २०८३, ५ असार शुक्रबार १४:२९     8 जनाले पढ़िसके



Spread the love

अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले गरिब, सीमान्तकृत समुदायहरूको नाममा यसअघिका सरकारले ल्याएको लोककल्याणकारी कार्यक्रमहरूमा एक सुका पनि कटौती नगरेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै आफूले बजेट काटेको देखाइदिन चुनौती दिए ।

उनले कटाक्ष गर्दै भने, ‘यदि यहाँहरूलाई त्यति आत्मविश्वास थियो कि हामीले ल्याएका कार्यक्रमहरूले यो देशको कायापलट नै गर्दै थियो, कहाँबाट यो नयाँ सरकार आयो भन्ने लागेको छ भने यहाँहरूले देश बदल्नका लागि ल्याउनुभएका कार्यक्रमहरू सबै यथावत् छन्। कहाँ काटियो रकम देखाइदिनुहोला ।’

उनले आफूले त्यस्ता कार्यक्रमलाई थप समृद्ध बनाउने काम गरेको बताए । उनले थपे, ‘मैले केही लोककल्याणकारी कार्यक्रमहरू सोसल वेलफेयरका कार्यक्रमहरूबारे उल्लेख गरिसकेँ । तर हामी नयाँ दिशातिर जाँदै छौं । हाम्रो पार्टीको प्रस्तावनामा कोरिएको दार्शनिक धरातल सामाजिक न्यायसहितको उदार अर्थतन्त्र। निरपेक्ष उदारवाद होइन। त्यस बारे त मैले यहाँ खरो आलोचना आफैँले गरेको छु ।’