दक्षिण कोरियालाई हराउँदै मेक्सिकोले तय गर्‍यो नकआउट यात्रा

 संवाददाता    २०८३, ५ असार शुक्रबार १०:५१     12 जनाले पढ़िसके



Spread the love

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा मेक्सिको विजयी भएको छ।

विश्वकपको सहआयोजकसमेत रहेको मेक्सिकोले ग्वाडालजारा स्टेडियममा भर्खरै सकिएको खेलमा दक्षिण कोरियालाई १–० गोल अन्तरले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

खेलको ५० औँ मिनेटमा दक्षिण कोरियाविरुद्ध मेक्सिकोका लुइस रोमोले गरेको गोल नै खेलमा निर्णायक बन्यो।

दुवै टोलीले पहिलो हाफमा गोल गर्ने राम्रो अवसर पाए पनि त्यसलाई सदुपयो गर्न सकेका थिएनन्।

दुबै टोलीले यसअघि आफ्नो पहिलो खेल जितेका थिए। यो जितसँगै मेक्सिकोले ६ अंक जोड्दै नकआउट चरणमा प्रवेश गर्ने पहिलो टोली बनेको छ।

विश्वकपको सहआयोजक मेक्सिको यो जितसँगै एक खेलअगावै विश्वकपको नकआउट चरणमा प्रवेश गरेको हो।

समूह ‘ए’ बाट ६ अंक जोड्दै मेक्सिको नकआउट चरणमा पुगेको हो। नकआउट चरणमा ३२ टोली पुग्नेछन्।

अहिलेसम्म ३ अंक जोडेको दक्षिण कोरियाको नकआउट चरणमा पुग्ने सम्भावना भने कायमै छ। पहिलो खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो भने दक्षिण कोरियाले चेक रिपब्लिकलाई पराजित गरेको थियो।