पाैडी खेल्ने क्रममा दानव नदीमा ३ जना बालक बेपत्ता

 संवाददाता    २०८२, ८ बैशाख सोमबार १६:२६     111 जनाले पढ़िसके



Spread the love

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीमा रहेकाे दानव नदीमा पौडी खेल्ने क्रममा तीन जना बालक बेपत्ता भएका छन् ।

बेपत्ता हुनेहरूमा त्यही ठाउँका १३ वर्षीय उमेश यादव, १४ वर्षीय राज यादव र १२ वर्षीय मुनु हरिजन छन् । आज दिउँसाे पाैडी खेल्ने क्रममा उनीहरू बेपत्ता भएका थिए । उनीहरूकाे खोजीका लागि सशस्त्र प्रहरी बल खटिएको छ ।