रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश फुयालको इजलासमा

 संवाददाता    २०८२, ८ बैशाख सोमबार १२:४४     89 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरणको निवेदनको सुनुवाइका लागि न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा पेसी तोकिएको छ ।

आइतबार रवि पत्नी निकिता पौडेलले सर्वोच्चमा रविको तर्फबाट बन्दी प्रत्यक्षिकरण रिट दायर गरेकी थिइन् । सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा रिहा गरेको थियो ।

धरौटी खारेज हुनुपर्ने मागसहित लामिछानेले उच्च अदालत तुलसीपुर बुटवलमा पुनरावेदन गरेकोमा उच्चले गत चैत चैत २२ गते जिल्लाको आदेश उल्टाउँदै पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।

उच्चको उक्त आदेशविरुद्ध रविका तर्फबाट यसअघि सर्वोच्चमा ‘थुनुवा दफा ७३’ अनुसार निवेदन दायर भएको थियो । उक्त निवेदनमा सर्वोच्चले कैफियत प्रतिवेदन मगाउने आदेश गरिसकेको छ ।