भीम रावलको अभियानमा लागेको भन्दै एमाले सुदूरपश्चिमका नेता कुँवर निष्कासित

 संवाददाता    २०८२, ८ बैशाख सोमबार १२:१४     95 जनाले पढ़िसके



Spread the love

मातृभूमि जागरण अभियान नेपाल’ पार्टी निर्माण गर्ने भनेर हाल अभियान चलाइरहेका भीम रावललाई साथ दिएको भन्दै एमालेले सूदूरपश्चिमका एक नेतालाई निष्कासन गरेको छ ।

एमाले सुदूरपश्चिम सचिव रण बहादुर चन्दले एक विज्ञप्ति जारी गर्दै प्रदेश लेखा कमिटी सदस्य बालगिरी कुँवरलाई निष्कासन गरिएको जानकारी दिएका हुन् ।

‘विधानको धारा ८० को उपधारा १ र २ आकर्षित हुने अनुशासन उल्लङ्घन गरी पार्टीको विरुद्धमा लागी भ्रमपूर्ण समाचारहरू सम्प्रेषण गर्नुभएको ठहर गर्दै कमरेड बालगिरी कुवरलाई पार्टी विधान २०४९ (प्रथम विधान महाधिवेशन २०७८ को संशोधन सहित) को धारा ८१ को उप धारा (१) बमोजिम प्रदेश लेखा कमिटी सदस्य तथा पार्टी सदस्यताबाट समेत निष्कासन गरिएको छ’, उनको विज्ञप्तिमा भनिएको छ ।

एमालेले पार्टीबाट निष्कासन गरेपछि भीम रावलले नयाँ पार्टी निर्माणका अभियान सुरु गरेका थिए ।

download