भारतको दिल्लीमा भारी वर्षा : चार तलाको भवन भत्किँदा चार जनाको ज्यान गयो

 संवाददाता    २०८२, ६ बैशाख शनिबार १३:५०     245 जनाले पढ़िसके



Spread the love

भारतको नयाँ दिल्लीमा भारी वर्षा भएको छ । मुस्तफावाद क्षेत्रमा चार तलाकाे भवन भत्किँदा कम्तीमा चार जनाको ज्यान गएको छ ।

गएराति भवन भत्किएको हो । भग्नावशेषमा १० जनाभन्दा धेरै फसेको आशङ्कामा खोजी कार्य भइरहेको दिल्ली प्रहरीले जनाएको छ ।

अचानक मौसम बदली र भारी वर्षा भएको हो । वर्षा र आँधीबेहरीले जनजीवन प्रभावित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।