मातृ तथा शिशु मृत्युदर घटाउन नेपाल उल्लेखनीय रूपमा सफल : मन्त्री पाैडेल

 संवाददाता    २०८२, २ बैशाख मंगलवार २०:३२     157 जनाले पढ़िसके



Spread the love

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मातृ तथा शिशु मृत्युदर घटाउन नेपाल उल्लेखनीय रूपमा सफल भएको बताउनुभएको छ ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल काठमाण्डौमा मातृ तथा नवजात शिशु सिमुलेसन ल्याबको उद्घाटनको अवसरमा मन्त्री पाैडेलले नेपालमा मातृ तथा शिशु मृत्युदर शून्यमै झार्ने लक्ष्यका साथ निरन्तर रूपमा अघि बढ्नुपर्ने बताउनुभएको छ । उहाँले आउँदो बजेटमा सरकारले प्रसूति उपचारलाई प्राथमिकतामा राख्ने गरी बजेट विनियोजन गर्नेसमेत जानकारी दिनुभयो ।

सिमुलेसन ल्याब अस्पतालको कुपन्डोल शाखामा सञ्चालनमा ल्याइएको छ । मातृ शिशु स्वास्थ्य सेवा प्रदायहरूका लागि चिकित्सकीय विधिहरूको अभ्यास गर्न यो प्रयोगशालाले सहजता ल्याउने अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले बताउनुभयो ।