गुल्मीमा नुहाउने क्रममा खोलामा डुबेर बालकको ज्यान गयो

 संवाददाता    २०८२, २ बैशाख मंगलवार १०:३८     164 जनाले पढ़िसके



Spread the love

गुल्मीमा नुहाउने क्रममा खोलामा डुबेर बालकको ज्यान गएको छ । धुर्कोट गाउँपालिका–६ का १५ वर्षीय राजेश कुमालको सिस्तुङमा रहेको छल्दी खोलामा नुहाउने क्रममा डुबेर हिजो ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

खोला नुहाउन भनेर गएका कुमाल पानीमा डुबेको थाहा पाएपछि परिवारले प्रहरीलाई जानकारी गराएको थियो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयाे ।