सुडानको डारफुर क्षेत्रमा पर्ने उम्म कदादाह शहरमा अर्धसैनिक समूह र्यापिड सपोर्ट फोर्स (आरएसएफ) ले दुई दिन लगातार आक्रमण गर्दा ५६ जना सर्वसाधारणको ज्यान गएको स्थानीय स्वयंसेवी समूहले जानकारी दिएको छ ।
स्थानीय समितिका अनुसार आक्रमण जातीय पहिचानका आधारमा गरिएको थियो र मृतकमध्ये धेरैजसो एउटै समुदायका थिए । उम्म कदादाह शहर डारफुर क्षेत्रको अन्तिम ठूलो शहर इल–फाशरतर्फ जाने मार्गमा पर्छ, जुन अहिले पनि सुडानी सेनाको नियन्त्रणमा रहेको शहर हो ।
स्थानीय प्रतिरोध समितिका अनुसार आक्रमण जातीय पहिचानका आधारमा लक्षित गरिएको थियो । यो समिति युद्ध शुरू भएदेखि नै राहत र समन्वयका काममा सक्रिय रहेको छ । उम्म कदादाह इल–फाशरबाट झन्डै १८० किलोमिटर पूर्वमा रहेको छ । अर्धसैनिक समूहले शहरलाई कब्जा गरेको एक दिनपछि त्यहाँ आक्रमण भएको हो ।
समितिले आक्रमणका क्रममा सर्वसाधारणमाथि हिंसा, धेरैलाई शहरबाट जबरजस्ती विस्थापित र सम्पूर्ण सञ्चार सेवाहरू बन्द गरिएको जनाएको छ । समितिका अनुसार कम्तीमा १४ जना अझै हराइरहेका छन् ।