अमेरिकी राष्ट्रपति ट्रम्पले नयाँ कर नीति स्थगन गरेपछि एशियाली शेयर बजार बढ्यो

 संवाददाता    २०८१, २७ चैत्र बिहीबार १५:३०     113 जनाले पढ़िसके



Spread the love

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही देशमा ट्यारिफ नाम दिएर ल्याउनुभएको नयाँ कर नीतिको कार्यान्वयन ९० दिनका लागि स्थगन गरेपछि एशिया–प्रशान्त क्षेत्रको शेयर बजार बढेको छ ।

जापान, दक्षिण कोरिया र अस्ट्रेलियाको शेयर बजारमा शुरुआती कारोबारमा उछाल देखिएको छ । जापानको २२५ सूचकाङ्कको शुरूआती कारोबारमा ८ प्रतिशतभन्दा बढीले बढ्यो ।

दक्षिण कोरिया र अस्ट्रेलियाको २०० सूचकाङ्कमा लगभग ५ प्रतिशतको वृद्धि भएको बीबीसीले जनाएको छ । अमेरिकी शेयर बजार पनि उकालो लागेको छ । ट्रम्पको निर्णयानुसार पहिलेको १० प्रतिशत आयात कर भने यथावतै रहेको छ ।

धेरै व्यापारिक साझेदारसँग वार्ताको क्रम जारी रहेका कारण पनि हिजो बेलुकादेखि नै भनिएको भन्सार करको निर्णय तत्कालका लागि स्थगित भए पनि चीनबाट अमेरिका पुग्ने सामानमा लगाइएको करको दायरा भने १२५ प्रतिशत हुने भएको छ ।