सेयरबजारमा आज ५ अर्ब ३० करोड रुपैयाँको कारोबार भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार सुरु भएयता ओरालो लागेको बजार १ बजेदेखि सम्हालिन थालेको थियो।
त्योसँगै १ करोड कित्ता सेयर बिक्रीपछि उक्त परिमाणको कारोबार भएको हो।
यो कारोबारमा १२१ वटा सेयरको मूल्य बढ्यो ने १२३ वटाको घट्यो।
नेप्सेका अनुसार दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट नै लागेको छ। बोटलर्स नेपाल (बालाजु) र विन नेपाल लघुवित्तको सेयर १० प्रतिशतले बढ्दा लगानीकर्ताले क्रमशः १ हजार ६२० रुपैयाँ ८० पैसा र २७२.६२ रुपैयाँ प्रतिसेयर आम्दानी गरे।
यसबाहेक नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले पनि प्रतिकित्ता ९.९९ प्रतिशत आम्दानी गरे। बाँकीले भने ५.२९ प्रतिशतसम्म आम्दानी गर्न सकेका छन्।
यता वाराही हाइड्रोपावर पब्लिकको ६.७२ प्रतिशत, सिन्धु विकास बैंक ६.५२ प्रतिशत, सामुदायिक लघुवित्त ५.२८ प्रतिशत, उपकार लघुवित्त ४.९० प्रतिशत र सयपत्री हाइड्रोपावरको ३.८५ प्रतिशतले मूल्य घटेको छ।
आज एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ५९ करोडको सर्वाधिक कारोबार भएको छ। त्यसैगरी हिमालयन रिइन्स्योरेन्सको ४० करोड, नेपाल पुनर्बीमा कम्पनीको २३ करोड, युनाइटेड मोदी हाइड्रोपावरको २१ करोड र राधी जलविद्युतको १८ करोडको सेयर कारोबार भएको छ।
आज वाणिज्य बैंक, फाइनान्स, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, निर्जीवन बीमा र व्यापार उपसूचक हरियो रहे।