इरानलाई सूचना दिएको विषयमा ट्रम्पको प्रतिक्रिया- उनीहरू खासै संलग्न छैनन्

 संवाददाता    २०८३, १२ मंसिर शुक्रबार १२:१४     31 जनाले पढ़िसके



Spread the love

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा तैनाथ अमेरिकी सेनासँग बिहीबार टेलिफोनमार्फत कुराकानी गरेका छन् ।

सो क्रममा उनले चीन र रुसले इरानसँग गोप्य सूचना आदानप्रदान गरिरहेको विषयलाई खासै महत्त्वपूर्ण नभएको बताएका छन् ।

इरानमाथि अमेरिकी सैन्य आक्रमण सुरु भएयता चीन र रुसले स्याटेलाइटबाट प्राप्त सूचना उपलब्ध गराएर इरानी सेनालाई अमेरिकी सैन्य अखडाहरूमा निशाना बनाउन सहयोग गरिरहेको भन्दै विभिन्न रिपोर्ट सार्वजनिक हुँदै आएका छन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिनसँगको भेटबारे प्रतिक्रिया दिँदै ट्रम्पले उक्त भेट उत्कृष्ट रहेको बताए । उनले इरानको विषयमा चीनको संलग्नता निकै कम रहेको आफ्नो बुझाइ रहेको उल्लेख गरे ।

‘उनीहरू संलग्न हुन सक्छन्, तर मेरो भनाइ सैन्य आक्रमण र प्रत्यक्ष द्वन्द्वमा संलग्न हुने भन्ने हो, इरानलाई केही सूचना उपलब्ध गराउने विषयमा होइन,’ उनले भने ।

रुसले पनि इरानसँग सूचना आदानप्रदान गरिरहेको विषयमा ट्रम्पले त्यसलाई धेरै ठूलो सहयोगका रूपमा नलिएको बताए ।

‘मलाई लाग्दैन, उनीहरूले इरानलाई धेरै सूचना दिइरहेका छन्,’ उनले भने ।