राष्ट्रपति र प्रधानमन्त्रीबीच समसामयिक विषयमा छलफल

 संवाददाता    २०८३, १२ मंसिर शुक्रबार १५:५३     20 जनाले पढ़िसके



Spread the love

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेटवार्ता गरेका छन्।

राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार अपराह्न राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले हालै सम्पन्न भारत भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराएका छन्।

यससँगै राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच मुलुकको समसामयिक विषयमा पनि छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।