बालकुमारीमा सरकारी जिपमा आगजनी

 संवाददाता    २०८१, १४ चैत्र शुक्रबार १६:४६     158 जनाले पढ़िसके



Spread the love

पूर्वराजाका समर्थकहरूले बालकुमारीमा जिपमा आगजनी गरेका छन् । बालकुमारी स्थित पुज नजिकै सरकारी जिपमा आगजनी गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।

उनले भने, ‘प्रदर्शनकारीले पुल नजिकै काठमाडौँ तर्फको भूभागमा जिपमा आगजनी गरेका हुन् ।’

आगजनी भएको स्थानमा प्रहरीलाई पुग्नबाट आन्दोलनकारीले रोकेका छन् । प्रदर्शनकारीहरूले ढुंगामुढा गरेर प्रहरीलाई रोकेका हुन् ।