देशका विभिन्न स्थानमा आगलागी, लाखौँको क्षति

 संवाददाता    २०८१, १३ चैत्र बिहीबार १४:०८     158 जनाले पढ़िसके



Spread the love

देशका विभिन्न स्थानमा भएको आगलागीबाट लाखौँ रुपैयाँ बराबरको धनमाल क्षति भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

पाल्पा, रामपुर नगरपालिका-९ लाम्दिखोला बारघरे बस्ने ७४ वर्षीय चुरामणि बारघरेको घरमा बुधबार दिउँसो आगलागी हुँदा करिब १ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सप्तरी, सप्तकोशी नगरपालिका-५ गंगाजली बस्ने सोम प्रसाद आचार्यको गोठ र घरमा आगलागी हुँदा करिब १५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
धनकुटा, चौबिसे गाउँपालिका-४ बाजथला बस्ने ४९ वर्षीय राम बहादुर पाख्रिनको घर र गोठ तथा हिरेन्द्र निरौलाको घरमा बुधबार साँझ आगलागी हुँदा दुबै जनाको गरी करिब ७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

मोरङ, लेटाङ नगरपालिका-२ खैरेनीस्थित भोलाराम श्रेष्ठको कुखुराको फर्ममा विद्युत सर्ट भई बुधबार दिउँसो आगलागी हुँदा करिब १५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
रौतहट, परोहा नगरपालिका-५ भेडीयाही बस्ने मोहन पालको घरमा बुधबार साँझ आगलागी हुँदा करिब २ लाख ९९ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-१२ वर्गदही बस्ने पर्वत चौधरी र सागर चौधरीको घरमा बुधबार साँझ आगलागी हुँदा करिब १ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सल्यान, कपुरकोट गाउँपालिका-६ सिनबाङ बस्ने धन बहादुर बोहराको घरमा बुधबार दिउँसो आगलागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।