राष्ट्रिय सभाको बैठक बस्ने समय सर्‍यो

 संवाददाता    २०८१, १२ चैत्र बुधबार १६:१६     175 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय सभाको बैठक बस्ने समय सरेको छ । दिउँसो सवा १ बजे बस्ने तयको बैठक केही ढिलो गरी सुरु भएको थियो ।

बैठक सुरु भए लगत्तै विपक्षी दलहरूको अवरोधले १५ मिनेटका लागि स्थगित भएको थियो ।

 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विषयमा प्रश्न उठाउँदै विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ मागेका छन् ।
प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नदिने विपक्षीको अडानले स्थगित भएको राष्ट्रिय सभाको १५ मिनेटपछि पनि बस्न सकेन ।

त्यसपछि राष्ट्रिय सभाको बैठक आजै दिउँसो पौने ४ बजे बस्ने गरी सूचना टाँसेर बैठक स्थगित गरिएको हो ।