ह्वाइट हाउसबाहिर हतियारधारी व्यक्तिमाथि गोली प्रहार

 संवाददाता    २०८१, २६ फाल्गुन सोमबार ०८:२७     76 जनाले पढ़िसके



Spread the love

आइतबार बिहान ह्वाइट हाउस बाहिर ‘सशस्त्र भिडन्त’ मा एक व्यक्तिलाई गोली हानी मारिएको अमेरिकी गुप्तचर सेवाले एक विज्ञप्तिमा जनाएको छ।

विज्ञप्तिमा स्थानीय प्रहरीलाई इन्डियानाबाट वासिङ्टन डीसीको यात्रा गरिरहेको एक जना व्यक्ति ‘आत्मघाती’ हुनसक्ने’ भन्ने गोप्य सूचना प्राप्त गरेको बताइएको छ ।

सूचनाको आधारमा अधिकारीहरू विवरणसँग मेल खाने व्यक्तिको नजिक पुगेका थिए । ती व्यक्तिसँग हतियार रहेको पाएपछि गोलाबारी भएको थियो । गुप्तचर सेवाले उक्त व्यक्ति अहिले ‘अज्ञात’ अवस्थामा अस्पतालमा रहेको बताएको छ।

यद्यपि, यो घटना हुँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने ह्वाइट हाउसमा उपस्थित थिएनन्।