हङकङमा चिसो मौसम चेतावनी जारी

 संवाददाता    २०८१, १३ माघ आईतवार १३:३३     146 जनाले पढ़िसके



Spread the love

हङकङ अब्जर्भेटरीले आइतबार बिहान चिसो मौसम चेतावनी जारी गरेको छ। आगामी केही दिन बिहानको मौसम चिसो हुने अनुमान सहित अब्जर्भेटरीले बुलेटिन जारी गरेको हो।

अब्जर्भेटरीको अनुमानअनुसार भोलि बिहान सहरी क्षेत्रमा न्युनतम तापक्रम ११ डिग्रीको आसपासमा रहनेछ भने नयाँ क्षेत्र (न्यु टेरिटोरिज)का केही भाग र उच्च जमिन भएका क्षेत्रमा धेरै चिसो हुनेछ।

‘उच्च जमिनमा हावा चल्नेछ। शरीरले महसुस गर्ने तापक्रम वास्तविक हावाको तापक्रम भन्दा कम हुन सक्छ। यस्तो हावामा लामो समयसम्म रहँदा हाइपोथर्मिया हुन सक्छ,’ अब्जर्भेटरीले भनेको छ।

अब्जर्भेटरीले बिहान ११ बजे चेतावनी पठाएपछि समाज कल्याण विभागले पनि परिवारका वृद्धवृद्धा र बालबालिकाको विशेष हेरचाहन गर्न आग्रह गरेको छ।