काठमाडौँ । राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेका छन् ।
- काठमाडौं महानगरपालिका-८ बत्तिसपुतली नजिक राष्ट्रिय मारवाडी परिषद्को नयाँ बन्दै गरेको भवनको चौथो तलामा निर्माणाधिन घर बनाउँदै आइरहेको कामदार बर्दिया राजापुर नगरपालिका-१० घर भएका ५५ वर्षीय वीर बहादुर चौधरी शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- कपिलवस्तु, वाणगंगा नगरपालिका-३ ठाटी बस्ने किरण थारूको १८ महिनाको छोरा घनश्याम थारू आफ्नै घर नजिक नहरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- कास्की, पोखरा महानगरपालिका-२९ पट्नेरीस्थित खरबारी भिरमा तनहुँ शुक्ला गण्डकी नगरपालिका-५ दुरुङचुङ घर भई हाल सोही नगरपालिका-५ खैरेनीटार बस्ने २१ वर्षीय कुशल थापा मगर शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- दैलेख, दुल्लु नगरपालिका-५ गाईखुरे खोलामा सोही नगरपालिका-६ छुडुङ बस्ने ३४ वर्षीय जगत बहादुर खड्का शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।