बारामा चकलेट किनिदिने प्रलोभन देखाएर १२ वर्षीया बालिकामाथि बलात्कार, एक जना पक्राउ

 संवाददाता    २०८१, ३ मंसिर सोमबार १७:०६     103 जनाले पढ़िसके



Spread the love
काठमाडौं_ बारामा १२ बर्षिया बालिकामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

आज (सोमबार) बिहान जील्लाको निजगढ नगरपालिका–१३ मा स्थानिय एक जना १२ बर्षिया बालिकालाई बलत्कार गरेको आरोपमा एक जना पुरुषलाई पक्राउ गरिएको हो।

बारा प्रहरीका अनुसार ति पुरुषले बालिकालाई चकलेट किनिदिने प्रलोभन देखाएर जंगलमा पुर्याएर बलात्कार गरेका हुन्। अहिले ती बालिकाको उपचार स्थानीय अस्पतालमा भईरहेको बताईएको छ।