अनलाइन जुवा अखडामा सीआईबीको छापा : ४ महिलासहित ७ जना पक्राउ, १ करोड १९ लाखको कारोबार

 #अपराध     २०७९, ३ आश्विन सोमबार १५:२७     131 जनाले पढ़िसके



Spread the love

काठमाडौं– अनलाइन जुवा अखडामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छापा मारेको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका–५ स्थित सूर्यप्रसाद छवलु श्रेष्ठको घर भाडामा लिएर अनलाइन जुवा सञ्चालन गरेको सूचना आएपछि सीआईबीले छापा मारेको हो। जुवा अखडामा छापा मारेर प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा रामेछाको दोरम्बा गाउँपालिका–७ घर भइ अनलाइन जुवाको मेनेजर भएर काम गरेका २२ वर्षीय जोयल तामाङ, ललितपुरको गोदावरी नगरपालिका–११ चापागाउँका २० वर्षीय सञ्जय श्रेष्ठ, सोही ठाउँका २५ वर्षीय कपिल श्रेष्ठ, भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटकी २३ वर्षीया मोनिका श्रेष्ठ, सिन्धुलीको सुनकोशी नगरपालिका–५ कि २२ वर्षीया रुपाकुमारी पुलामी, सप्तरीको खडक नगरपालिका–३ कि २८ वर्षीया प्रभातकिरण लोहनी र सूर्यविनायक नगरपालिका–५ कि २६ वर्षीया बिनिता तामाङ छन्। उनीहरुले सूर्यप्रसाद छवलु श्रेष्ठको घर भाडामा लिएर विगत ६ महिनादेखि अनलाइन जुवा खेलाउँदै आएको पाइएको सीआईबीका प्रवक्ता तथा एसपी कमल थापाले जानकारी दिए।