नेपाली क्रिकेट टीम, आज पीएनजीसँग भिड्दै

 #नेपाली क्रीकेट     २०७८, ८ चैत्र मंगलवार ०९:३०     101 जनाले पढ़िसके



Spread the love

काठमाडौंः नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पीएनजीको सामना गर्दैछ। आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय एकदिवसीय श्रृङ्खलामा आज नेपाल अन्तिम खेल खेल्दैछ।

दुबई क्रिकेट रङ्गशालामा हुने खेल नेपाली समयअनुसार ११:१५ बाट सुरु हुनेछ। लिग टुमा हाल नेपाल ११ खेलमा पाँच जित र ६ हारसहित अंकतालिकाको पुछारमा दोस्रोमा छ। पीएनजी १५ खेलमा एक जित र १४ हारसहित पुछारमा छ।

सात टीम सम्मिलित लिग टुमा आजको खेल नेपालका लागि प्रतिष्ठाको लडाइँ समेत हो। पीएनजीविरुद्ध हालसम्म अपराजित नेपाललाई आजै जित्नैपर्ने दबाब छ। यद्यपि, यूएईलाई पराजित गरेको पीएनजीको आत्मबल भने उच्च छ। यता नेपालले हिजोको खेलमा यूएईसँग ९९ रनको लज्जास्पद हार व्यहोरेको थियो।

नेपालको पछिल्लो ब्याटिङ प्रदर्शन हेर्ने हो भने आजको खेल जित्न सकस हुने देखिएको छ। यसअघि पनि नेपालले पीएनजीविरुद्ध पहिलो खेलमा निकै सङ्घर्षपूर्ण जित निकालेको थियो। फाइल फोटो