नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गर्ने, चोटले गुलशन खेलबाट बाहिर

 संवाददाता    २०८३, २७ आश्विन मंगलवार ११:२०     28 जनाले पढ़िसके



Spread the love

आइसीसी विश्वकप लिग २ अन्तरगत ओमानमा जारी त्रिकोणात्मक सिरिजको दोस्रो म्याचमा नेपाल अहिले घरेलु टिमविरुद्ध भिड्दैछ ।

नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।

नेपाली टिममा आज अलराउन्डर गुलशन झा उपलब्ध छैनन् । झा चोटका कारण प्लेफङ ११ मा नरहेको कप्तान सन्दीप लामिछानेले बताए ।

गुलशनको स्थानमा सन्दीप जोरालाई ल्याइएको छ । अरु परिवर्तन छैन ।