काठमाडौं
नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रन बनाएका थिए । नेपालले टस जितेपछि व्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २ रनको योगफल बनाएको हो ।
उसका लागि रोहन मुस्तफाले सर्वाधिक ६० रन बनाएका थिए । नेपालका लागि सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र करण केसीले २–२ विकेट लिएका थिए ।
दीपेन्द्रसिंह ऐरी र आरिफ शेखको नाममा १–१ विकेट रह्यो । नेपाल अघिल्लो म्याचमा यूएईसँग ४८ रनले पराजित भएको थियो भने पहिलो खेलमा पपुवा न्युगिनीलाई २ विकेटले पराजित गरेको थियो ।