सई यादवमाथी सर्लाहीमा अज्ञात समुहद्वारा कुटपिट

 संवाददाता    २०७८, ४ चैत्र शुक्रबार १०:४१     152 जनाले पढ़िसके



Spread the love

एस.पी.गाैरब,सर्लाही
सर्लाहीको लालबन्दी नगरपालिका १३ पत्थरकाेटमा अज्ञात समुहले प्रहरीमाथी कुटपिट गरेको छ । बिहिवार साँझ प्रहरी चाैकी पत्थरकाेटका प्रहरी प्रमुख सई रामएकवाल यादवमाथि अज्ञात समुहले कुटपिट गरेको हाे ।
हाेली विशेष सवारी चेकजाँच गर्ने क्रममा शंका लागि चेकजाँच गर्दा एक अपरिचित समुहले प्रहरी प्रमुख सई यादवकाे टाउकाे अन्दाधुन्द ढुगामुढा प्रहार गर्दा सई यादवकाे टाउकाेमा गंभिर चाेट लागि उपचारकाे लागि काठमाडौं लगिएको प्रहरी स्राेतले जनाएको छ ।
साे क्षेत्रमा अहिले जिल्ला प्रहरी कार्यालय सर्लाही सहितकाे टाेली परिचालन गरिएको छ । भने फरार भएकाे अज्ञात समुहकाे खाेजी कार्यजारी रहेकाे छ ।