आज नेपाल र यूएई भिड्दै

 #नेपाली क्रीकेट     २०७८, ४ चैत्र शुक्रबार ०९:२०     132 जनाले पढ़िसके



Spread the love

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले आज शुक्रवार यूएईसँग प्रतिस्पर्धा गर्दैछ। शारजाहमा नेपालले आफ्नो दोस्रो खेलमा घरेलु टोली युएईसँग प्रतिस्पर्था गर्न लागेको हो । युएई र नेपालबीचको खेल बिहान ११:१५ बजे शुरू हुनेछ ।

आज युएईलाई हराउँदै नेपाल सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई २ विकेटले हराएको थियो ।

युएई पनि लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा युएईले पीएनजीलाई नै ७ विकेटले हराएको थियो ।