छैठौं राजर्षि जनक कप फुटबल प्रतियोगिता उद्घाटन

 राजर्षी जनक कप     २०७८, २ चैत्र बुधबार १६:२७     124 जनाले पढ़िसके



Spread the love

एस.पी.गाैरब,सर्लाही
मधेश प्रदेश कै सर्वाधिक धनराशिकाे छैठौँ राजर्षी जनक कप फुटवल प्रतियोगिता आज उद्घाटन भएको छ । मधेश प्रदेशकाे शान,राजा जनक प्रतिकाे सम्मान भन्ने मुल नाराका साथ हरेक वर्ष हुदै आएकाे प्रतियोगिता आज बाट शुरु भएको हाे ।सर्लाहीको बागमती नगरपालिका ११ स्थित स्व.सन्ताेष श्रेष्ठ स्मृति खेल मैदानमा चैत १३ गते सम्म चल्ने प्रतियोगितामा विदेशी क्लब सहित १२ वटा क्लबकाे सहभागीता रहेको आयाेजक क्लब बागमती युवा क्लबका अध्यक्ष किस्मत राज मैनालीले जानकारी दिए । उनका अनुसार बुधबार हिमालयन शेर्पा क्लब र ध्रुवतारा स्पोर्टिङ झापा बिच उद्घाटन खेल हुने छ । प्रदेशकै गौरवको रुपमा रहेको यस खेलको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले उद्घाटन गरेका हुन । प्रतियोगिताकाे विजेता हुने क्लबले रु १० लाख र उप विजेता हुने क्लबले रु ५ लाख नगद पुरस्कार पाउने आयाेजकले जनाएको छ ।
यस प्रतियोगितामा आयाेजक बागमती युवा क्लब, विभागीय टिम नेपाल पुलिस क्लव, एपिएफ क्लव, एडिभिजनका मच्छिन्द्र क्लव काठमाडाैं, न्युरोड टिम (एनआरटी) काठमाडौं, नेपाल आइस हिमालयन सेर्पा काठमाडौं, विदेशी टिममा एभिनियर फुटवल क्लव क्यामरुन, धुब्रतारा स्पोर्टिङ क्लव झापा, पिप्ले युवा क्लव हेटौडा, सुदुरपश्चिम ११ धनगढी, नव जनजागृती युवा क्लव सिमरा र केविए ग्लोवल एफसी चितवनले सहभागिता जनाउने छन् ।
उद्घाटन समारोहमा स्थानीय कला संस्कृती तथा झाँकी प्रदर्शन समेत गरिएको आयाेजक क्लवका महासचिव सागर मैनालीले जानकारी दिए । उनका अनुसार खेल मैदान दायाँ बायाँ करिब तीन हजार दर्शक बस्न मिल्ने फलामकाे प्याराफिट निर्माण गरिएको छ । प्रतियोगिता सञ्चालनका लागि करिब रु ८० लाख खर्च लाग्ने आयाेजकले अनुमान गरेकाे छ भने करिब २ लाख दर्शकले खेल अवलोकन गर्ने आयोजकले जनाएको छ ।